त्रिभुवन चोकमा चट्कारे मिठाई शुरु

बाँकेको नेपालगन्जमा अन्तराष्ट्रिय गुणस्तरका मिठाई केन्द्रका रुपमा चट्कारे रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाई उपलब्ध गराउने गरी मेरो प्लानेट कम्पनीले स्थानीय त्रिभुवन चोकमा चट्कारे रेष्टुरेण्ट शुरु गरेको छ ।

चट्कारे रेष्टुरेण्टका प्रबन्ध निर्देशक डा. ओम मिश्राले नेपाल र भारतीय सीमावर्ति सहरका मिठाई पारखीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर पहिलो पटक यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइको उत्पादन शुरु गरिएको बताए ।

उनले राम्रो मिठाइका लागि भारतको लखनउ जानु पर्ने बाध्यता रहेकोमा अहिले कोभिड १९ का कारण भारतीय सीमाना बन्द रहेकोले नेपालगञ्जमै अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन र विक्रि शुरु गरिएको जानकार दिए ।

चटकारे रेष्टुरेण्टमा राजस्थानको घेवर, पंजाबको डोडा बरफी, कोलकत्ताको सन्देश मिठाई, अमृतसरी छोला भटुरा लगायत विभिन्न किसिमका आइसक्रिमहरुबाट बनाईएका मिल्शसेक जस्ता परिकारहरु उपलब्ध रहेका छन् ।

शुरुका केही दिनकालागि सो मिठाइ पसलका हरेक उत्पादनमा १० प्रतिशत छुट दिनुका साथै केही समय भित्र होम डेलिभरीको पनि व्यवस्था गरिने चटकारे रेष्टुरेण्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *