आज नरैनापुरमा सार्वजनिक बिदा

बाँकेको नरैनापुर गाउँपालिकाले मुस्लिम समुदायको  मुहर्रम पर्वकाे अवसरमा आज आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवद्वारा जारी सूचनामा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मुहर्रममा आइतबार एकदिन सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गर्नु भएकाे छ । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मुहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *