कोरोनालाई जितौं, अर्को वर्ष अट्वारी पर्व उल्लासका साथ मनाउलाः मुख्यमन्त्री पोखरेल

फाइल फोटो

मुख्यमन्त्री शंकर पोखरेलले थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु समुदायमा सुख,शान्ति,समृद्धि र सुस्वास्थ्यको शुभकामना सन्देश दिनु भएको छ ।
शुभकामना संदेशमा नेपाल बहुभाषिक र बहुजातीय मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको उल्लेख गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताउनु भएको छ । संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको संदेशमा उल्लेख छ । उहाँले संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने वातावरण बनेको छ । प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले हामी विश्व महामारी कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत छौं । राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको छ । राज्यले स्वास्थ्य सुरक्षाका लागि चालेका कदममा नागरिकको पूर्णतः पालनाले मात्रै कोभिड—१९ लाई जित्न सकिन्छ । चाडपर्व भन्ने बित्तिकै उल्लासको वातावरण हुन्छ । तर यो वर्ष चाडपर्वहरुमा उल्लासको वातावरण छैन् । कोभिड—१९ विरुद्धको संघर्षमा विजय हासिल भएपछि आगामी वर्षहरुका चाडपर्वहरु उल्लास र खुशीका साथ मनाउने छौं ।
मुख्यमन्त्री पोखरेलले अहिले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी आफू बचौंं, अरुलाई पनि पालनाको लागि प्रेरित गरौं । सिंगो समाजलाई कोरोना मुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि हार्दिक अपील गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *