नेपाली महिलाको महान चाड तीजकाे आज दर खाने दिन

नेपालमा नारी स्वतन्त्रता तथा नेपाली हिन्दु महिलाको महान चाड तीजको आज दर खाने दिन हो । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीले दर खाने चलन रहेको छ ।
नारीले दर खाने दिनमा विभिन्न मीठा परिकार आफन्त तथा साथी संगीनीसँग भएर बनाउने र खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहदै आएको छ । आज राती सम्म दर खाने भोलि तीज पर्व मनाउने गर्दछन् । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ मिठा कुरा बनाउने र खानेकुरा खाने चलन रहेको छ । तीजको दर खाना विशेषगरी महिलाहरु आफ्ना माइतमा जाने पनि चलन रहेको छ ।
शहर र गाउँमा दर खाने चलनमा फरक आउदै गरेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने पनि गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उहाँको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । यसका साथै गीतका माध्ययमबाट आफ्ना मनका कुरा भन्नका लागि तीज पर्व महिलाका लागि पूर्ण स्वतन्त्रता रहेको छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण धेरै जमघट भएर दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ ।
विश्वमा महिला स्वतन्त्रता र महिलाले मात्रै मनाउने तीज पर्व एक मात्र पर्व हो । यस पर्वलाई महिला स्वतन्त्रताका लागि मुख्य दिन मान्नु पर्ने समाजका अगुवाहरुको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *