प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा विहान टिवटरबाट बधाई दिनु भएका प्रधानमन्त्री ओलीले टेलिफोन गर्नुभएको थियो ।

उहाहरुबीच करिब ११ मिनेट वार्ता भएको हो । नेपालले भारतले सैन्य बलमा कब्जा गरी राखेको आफ्नो भूमि समेटेर राजनीतिक नक्सा जारी राखेपछि संवाद हुन सकेको थिएन । संवादहिनतालाई अन्त्य गर्दै प्रधानमन्त्री ओलीले टेलिफोन गर्नुभएको उहाका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर दुई प्रधानमन्त्री कुराकानी भएको र वार्ता–संवादलाई निरन्तरता दिने समझदारी भएको प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । “उहाँहरूबीच ११ मिनेट कुराकानी भयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग अप्रिल १० तारिखमा पनि कुराकानी गर्नुभएको थियो । त्यसबारेमा पनि स्मरण गराउनुभयो । उहाँहरूबीच द्विपक्षीय चासोका विषयमा कुराकानी भयो”, भट्टराईले जानकारी दिनुभयो । कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्यालाई समेत मिलाएर अघि बढ्नुपर्ने संकेत गर्नुभएको थियो ।

समाचार जनता टाइमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *