नेकपा नेता तथा प्रदेश नं ५  सांसद केसीलाई कोरोना भाइरस संक्रमण

फोटोः पत्रकार रामु ओलीबाट

नेकपा प्रदेश नं. ५ कमिटी सदस्य तथा प्रदेश नं ५  सांसद कृष्णा केसी ‘नमुना’लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँले शनिबार आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएकाे छ ।

सांसद केसीले एकहप्ता देखि आफुसंग नजिक आएका र सम्पर्कमा आएका सबैलाई सेल्फ आइसुलेसनमा बस्न तथा पिसिआर चेक गराउन अनुरोध समेत गर्नुभएकाे छ ।

सांसद केसीले बाँके क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित सांसद हुनु हुन्छ । सांसद केसीले बाँकेमा कोडिभ १९ रोकथाम तथा नियन्त्रणका साथै राहत सहयाेगमा  बाँकेमा अग्रभागमा खटिएर काम गर्दै अाउनु भएकाे छ ।उहाँ आफैले आफु संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी गराएपछि सुभचिन्तक स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *