बाँकेमा कोरोना मुक्त भई थप ५ जना घर जाँदै

फाइल फोटो

बाँकेमा थप पाँचजना कोरोना संक्रमित निको भएर घर जाँदैछन् ।स्वास्थ्य कार्यालय बाँकेका अनुसार, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट खजुरा ३ का दुई पुरुष, ४ का एक पुरुष र ६ का एक पुरुष र एक महिला गरी ५ जना कोरोनाबाट  मुक्त भइ घर जान लागेका हुन ।

यो सङ्गै बाँकेमा कोरोना मुक्त भइ घर जानेको संख्या ३ सय ८६ पुगेको छ । र  विभिन्न आइसोलेसनमा ५८ (बाहिरी जिल्लाका ९ जना समेत)  संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका हालसम्म ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ । त्यसैगरी, जिल्ला बाहिर घर भइ बाँकेमा कार्यरत ९ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । र बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या ४ सय ४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *