नेपालमा थप २२४ जनामा काेराेना सङ्क्रमित पुष्टि, कुल संख्या१९ हजार ७७१

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस २२४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार २४  घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल क्वारेन्टिनमा १२ हजार १११ जना आशंकित छन् । पछिल्लो २४ घण्टामा १५१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *