विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने

सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको सङ्ख्यात्मक विवरण यकिन गर्दै भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने निर्णयसमेत सरकारले गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भदौ १ गतेदेखि विद्यार्थी भर्ना, तथ्याङ्क भराउने जस्ता शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री डा. खतिवडाका अनुसार, विद्यालयको शैक्षिक शत्रका गतिविधि सञ्चालनका लागि भदौ १ गतेभित्रै सम्बन्धित विद्यालयमा शिक्षकहरू पुगीसक्नुपर्नेछ । विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाएर सो स्थानलाई अध्ययन अध्यापनयोग्य बनाउन निर्मलीकरण गर्नुपर्नेसमेत जनाइएको छ । विद्यालयमा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्नेगरी क्वारेन्टाइन र आइसोलेन नराख्नसमेत सरकारले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *