आईतबारदेखी बाँकेमा तीन दिने निषेधाज्ञा जारी

बाँकेमा कोरोना भाईरस (कोभिड -१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरीएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी तिन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनु भयो ।

लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको कुरुम्वाङले बताउनु भयाे ।

आजै राजश्व कार्यालय नेपालगन्जका ११ सहित नेपालगन्जका २७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको ढर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको कुरुम्वाङले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *