बाँकेमा काेराेना नियन्त्रणमा प्रशासनकाे चासो

 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना बुधबार बेलुका नेपालगन्ज बजारको सडकमा मास्क बाँड्दै हिडेको दृष्य देखियो ।

प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई १ सय रुपैयाँ जरीवाना तिराउने प्रहरीले आज मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिंदा सर्वसाधारण दङ्ग देखिन्थे ।

प्रजिअ कुरुम्बाङ नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर नेपालगन्जको धम्बोझी चोकदेखी बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै पुन: धम्बोझीसम्म सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्साका चालक तथा सवारी र पसल, होटेलका संचालक तथा ग्राहकहरुलाई ‘मास्क लगाउनुपर्छ है, लिनुस मास्क’ भन्दै मास्क बितरण गर्नु भएको थियो  ।

प्रमुख जिल्ला अधिकारी  र एसपीसँँँगै नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी , राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख कमल भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर लगायतको टोलीले मास्क बितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *