बाँकेका प्रहरी प्रमुखको अगुवाइमा ट्राफिक नियम कार्यान्वयन गराउदै


नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सडकमा अव्यवस्थित सवारी साधन राखेकालाई व्यवस्थापन गर्न र नियमानुसार कारवाहीको दायरामा ल्याउन बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना आज आफै सडकमा आएर कारवाही गर्नु भएको छ ।
जिल्लामा अहिले पहिलो पटक २० वटा व्हील लकर आएको छ, यसैको सहायताले अव्यवस्थित र ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गरिनेछ, कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गरीनेछ । ट्राफिक प्रहरीले जानकारी दिएको होृ ।
प्रहरी प्रमुख रानासहित ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम र नेपाल प्रहरी र ट्राफिक प्रहरीको एउटा टोली मंगलबार नेपालगन्जको वीपी चोक देखि धम्बोझी चोकसम्म अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनलाई कारवाही गर्न सडकमा लक गर्दै निस्किएको हो ।
प्रहरीले अव्यवस्थित रुपमा सडकमा पार्किङ गरी राखिएका आधा दर्जन बढी सवारी साधनको टायरमा व्हील लकरको सहायताले ‘लक’ गरी कारवाही गरेको छ । सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम निम्तिने हुँदा कारावाही गर्नु परेको एसपी रानाले जानकारी दिनु भयो ।
सवारी साधनलाई व्हील लकरको माध्यमबाट ‘लक’ गरी कानून अनुसार कारवाही गर्न आजबाट बाँके जिल्लामा शुरु गरिएको छ, जिल्लामा यो नयाँ प्रयोग हो ।
जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमले नगरका विभिन्न स्थानमा उपमहानगरपालिकासँग समन्वयमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिएको तर सवारी चालकले जथाभावी मनलाग्दी रुपले पार्किङ गरिदिंदा समस्या आएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *