पूर्वमन्त्री सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश


राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नु भएका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गर्नु भएको हो । सो कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।
सुनिल थापालाई सहमहामन्त्री दिने भन्ने लगभग सहमति भएको छ। आजै दिने कि एक दुई दिनमा दिनेबारे छलफल भइरहेको छ । कांग्रेसले राप्रपाबाट आउने केही नेताहरूलाई केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य बनाउने पनि तयारी गरेको छ।
थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुनु हुन्छ । राप्रपा एकतासँगै थापालगायत उहाँको समूह असन्तुष्ट थियो । थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आउनु भएको थियो । थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *