देशभरका १ सय ९३ पालिकाले बजेट ल्याउन सकेनान, प्रदेश ५ सबैभन्दा कम ९ वटा रहेका छन

देशभरका सात सय ५३ वटा पालिकामध्ये अहिलेसम्म एक सय ९३ पालिकाले बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मङ्गलबार बिहानसम्मको अध्यावधिक तथ्याङ्कअनुसार पाँच सय ६० वटा पालिकाले मात्र बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । चालु आर्थिक वर्ष २०७७र७८ का लागि बजेट ल्याउन एक सय ९३ पालिका असफल भएका हुन् ।
पालिकाले २०७४ मा पहिलो बजेट ल्याएका थिए । त्यसपछि २०७५र०७६ मा दोस्रो, २०७६र०७७ मा तेस्रो र यसपाली २०७७र०७८ मा चौथो बजेट ल्याएका हुन् । पालिकामा वर्षभर हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट ल्याउनुपर्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बजेट ल्याएका र ल्याउन नसकेका पालिकाको विवरण यस्तो छ ।
प्रदेश ५ मा बजेट आउन बाँकी पालिका
प्रदेश ५ का एक सय नौमध्ये नौ वटा पालिकाले बजेट नल्याएका हुन् । तीमध्ये पनि नवलपरासी बर्दघाट सुस्ता पश्चिमका चार वटा छन् । बजेट नल्याउने पालिकाहरु यस प्रकार छन् ः
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका ।
कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका ।
पाल्पाको रामपुर नगरपालिका ।
गुल्मीको सत्यवती गाउँपालिका ।
बर्दियाको गुलरिया नगरपालिका ।

उज्यालाे अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *