कोरोना संक्रमितको कुल १८ हजार ४८३ पुगे


नेपालमा कोरोना संक्रमित नयाँ थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले बताउनुभएको हो । साथै उहाँले बाराको परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीको कोरोनाका कारण मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
निज युवतीमा स्वाशप्रश्वासमा समस्या आएको तथा पातलो दिसा लागेको जस्ता लक्षण भएको पनि बताउनुभयो । यो सँगै नेपालमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *