दाङमा ६ महिनाभित्र आयल निगमले डिपो संचालन गर्दै

फोटो प्रमुख स्वकीय सचिब रेग्मीको फेसबुकवालबाट

मुख्यमन्त्री शंकर पोखरेलसँगको भेट वार्तापछि नेपाल आयल निगमले दाङको तुलसीपुर उपमहानगरपालिकामा इन्धन डिपो स्थापनाका लागि प्रकृया सुरु भएको जानकारी गराएको छ । निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले सो कुरा जानकारी गराउनु भएको थियो । ठेक्का प्रक्रिया पुरा भएर निर्माण कार्य सुरु हुने भएको कुरा महाप्रबन्धक पौडेलले बुधबारको भेटमा जानकारी गराएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री पोखरेललाई महाप्रबन्धक पौडेलले डिपोका लागि टेण्डर भई ठेक्का स्वीकृत भईसकेको जानकारी गराउनु भएको थियो । महाप्रबन्धक पौडेलले डिपो ६ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बताउनुभयो ।
तुलसीपुर विमानस्थलमा दैनिक २ वटा उडानसेवा सञ्चालनमा आएको भएपनि इन्धन डिपो नहुँदा यहाँका यात्रुहरुले चर्को भाडा तिर्दै आएका थिए । इन्धनको अभावमा पूर्ण क्षमताको यात्रु बोक्न नसक्दा भाडा बढाउनुपरेको नेपाल वायुसेवा निगमले वताएको थियो ।
मुख्यमन्त्री पोखरेलले डिपो निर्माण तोकिएको समयसीमाभित्र गुणस्त सहितको काम हुने विश्वास व्यक्त गर्दै डिपो सञ्चालनपछि दाङमा हवाई यातायात सञ्चालन सहज र भरपर्दो हुने बताउनु भयो । महाप्रबन्धक पौडेलले मुख्यमन्त्रीले व्यक्त गुर्न भएको चासो र तदारुकतालाई आफुले गम्भिर रुपमा लिएको र कार्य सम्पन्न पनि हुने जानकारी स्वकीय सचिवले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *