आज देखि सार्वजनिक सवारीका साधन सञ्चालन भए


यातायात ब्यवसायीले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारको निर्णयअनुसार आज सोमबारदेखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन । सरकारले असार २६ मा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सञ्चालन गर्न तयार भएका हुन् ।
यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीहरुले सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउनुभयो। सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो।
अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन्। उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्। व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *