नेपालगन्ज र आसपासका क्षेत्रमा सलह किराको प्रवेश

फोटोः खगेन्द्र मल्लको फेसबुकबाट

बाँके । बाँके जिल्लाका विभिन्न स्थानमा सहल किरा देखा परेको छ । दुई दिन पहिले बाँकेकै नरैनापुर गाउँपालिका क्षेत्रमा देखा परेको सलह आज विहान राप्तीसोनारी, डुडुवा गाउँपालिकाका क्षेत्रमा देखिएको थियो । आज विहान देखि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रमा देखिएको स्थानीयले विभिन्न सामाजिक सञ्जालमा सलहको फोटा भिडियो राखेका छन् । दिउसो १२ बजे देखि नेपालगन्ज उपमहानगरपालिका र  जानकी गाउँपालिका क्षेत्रमा सहल किरा देखिएको छ ।

किसानले भर्खरै मात्र रोपाइ गरेको धान बाली बचाउनका लागि थाल ठटाउन र आवाज दिने साधन ठटाएर सलह भगाइ रहेको जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष रमेश वर्माले जानकारी दिनु भयो । उहाँले सलह गाउँक्षेत्रमा प्रवेश गरेको र स्थानीयले भगाउन लागि आफ्नो प्रयास गरेको बताउनु भयो । स्थानीय युवा राजितराम अहिरका अनुसार धेरै संख्यामा सलह गाउँमा प्रवेश गरेको बताउनु भयो । बाँकेका विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिले आफ्ना फेसबुक वालमा सलहको झुण्डलाई राखेर सार्वजनिक गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *