नेपालमा कोरोनाभाइरस सङ्क्रमित ११६ थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस ११६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।
२४ घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना सङ्क्रमित छन् । आइसोलेसनमा छ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ जना रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *