बाँकेकाे जानकी गाउँपालिकाको बजेट पारित

बाँकेकाे जानकी गाउँपालिकाको अागमी आर्थिक वर्ष २०७७÷०७८ को बजेट म‌गलबार पारित भएको छ । गाउँपालिकाकाे गाउँसभा असार ८ गतेबाट सुरु भएकाे थियाे । साेही दिन अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम पारित भएकाे थियाे ।

असार १० गते उपाध्यक्ष भूमिसरा धितालले बजेट अधिवेशन तथा आठौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज  बसेको सभाले पारित गरेको हो ।

 

गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण उपाध्यक्ष धितालको सभाध्यक्षमा बसेको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले निर्णायर्थ पेश गर्नुभएको बजेट सर्वसहमतिले पास भएको थियो । गाउँसभामा बजेटको वारेमा वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नं.४ का अध्यक्ष बिश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोबी र टीकाराम सुनारले भाग लिँदै सुझाव दिनुभएको थियो ।

गाउँसभामा सभासद्ले राखेको जिज्ञासा गाउँपालिका उपाध्यक्ष धिताल र प्रमुख प्रशासकीय अधिकृत खत्रीले जवाफ दिनु भएको थियो ।   आर्थिक वर्ष २०७७÷०७८ मा जानकी गाउँपालिकाको ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *