भेरीको परिक्षणमा बर्दिया र दाङका ४ जनामा कोरोना पुष्टि

बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८ बर्षिय पुरुष, दाङ गढवा ३ र ६ का ४० र २३ बर्षिय पुरुष रहेका छन ।

पछिल्लो ४८ घण्टामा गरिएका ८ सय नमुना मध्ये ४ नमुनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *