विदेशमा रहेका नेपालीको उद्धार गरि २६ हजार ३९६ जना स्वदेश

 

विदेशबाट नेपालीको उद्धार गरि स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ ।

त्यस्तैगरि विदेशमा कोरोना भाईरसको संक्रमणमा परेका नेपाली नागरिकहरुमध्ये ९२ प्रतिशत संक्रमण मुक्त भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।विश्वभर कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
शनिबार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएकास्वास्थ्य समितिले जनाएको छ ।समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा भने त्यस साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।
समितिका अनुसार नेपाल सहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ पुगेको छ । त्यस्तै ४६ हजार ३ सय ४६ जनामा संक्रमित भएका छन् । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।यस अघि गत साता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेकाले स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।
नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।
विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेका सहित पाँच हजार दुई सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार ३० जना, कतारबाट दुइ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो ।
यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिबार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् । र मलेसियामा अलपत्र नेपाली नागरिकहरुमध्ये तीन हजार ३२२ जना स्वदेश फिर्ता भएका छन् । यसैगरी २१ वटा उडान मार्फत नेपाली नागरिकहरु स्वदेश फिर्ता भएका छन । यसैगरी उडानहरुमार्फत ३९ जना नेपालीको शवहरु समेत नेपाल आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *