भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल हटदैन: प्रवक्ता खतिवडा

फाइल फोटो

भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।
नेपाल मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनु भयो । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समहाल्नु अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल नखोलिने बताउनु भयो ।
नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भए पनि भारतीय न्यूज च्यानलहरूले दुराशयपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उहाँले जानकारी दिनु भयो । ’नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ। राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ। यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन’, उहाँले भन्नु भयो, ’ भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशयपूर्ण भनेर भनिसकेका छौँ। केही च्यानल बन्द भएको अहिलेको अवस्था हो। सेवा प्रदायकहरुले स्वतस्फूर्त रुपमा राष्ट्रियता प्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो।
परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिँदासम्म प्रतिवन्ध कायम राख्न म आग्रह गर्दछु।’ पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन र प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *