भारतीय सञ्चार माध्यमले सभ्य समाजमा लज्जाबोध हुने कार्य गरेः प्रेस संगठन बाँके

प्रेस संगठन बाँकेले भारतीय संचार माध्यमहरु बहिस्कार गर्न जिल्लावासीलाई आह्वान गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै प्रेस संगठन बाँकेले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदुतबिचको सम्बन्धका बारेमा गरीएको अनर्गल प्रचारबाजीको निन्दा गर्दै त्यस्ता संचारमाध्यम बहिस्कार गर्न अपिल गरेको हो । पत्रकारिताको न्यूनतम मुल्य मान्यता भन्दा बाहिर गएर सभ्य समाजमा लज्जाबोध हुने गरी भएका कार्यको भत्र्सना गर्दछौं भनिएको छ ।

प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धिताल र सहसंयोजक हेमन्त विकद्धारा संयुक्त रुपमा जारी गरीएको विज्ञप्तीमा दुई देश बिचको कुटनितिक तथा जनताबिचको सम्बन्धमा समेत दरार उत्पन्न हुने गरी प्रशारण गरीएका समाचारको खण्डन गर्दै प्रशारण रोक्नकालागि कुटनितिक कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *