कोरोना जितेर २६४ घर फर्किए, १८० थपिए

कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

क्वारेन्टाइनमा २९ हजार  २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जाेनमा ५१९ । जनकपुरमा एकजना रेड जाेनमा परेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *