खजुरा वडा नं. ४ किरण नालामा पुुल निर्माण सम्पन्न


खजुरा गाउँपालिका वडा नं. ४ किरण नालामा बनेको पुल आज उदघाटन गरिएको छ । बेलनिया र खजुरा १ नम्बर जोड्ने किरण नालामा बनेको पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले उदघाटन गर््नुु भएको छ ।

पुल बनेपछि स्थानीय हर्षित बनेका छन् । वर्षौं काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि यो पुल सहयोगी  बनेको त्यहाँका स्थानीय अगुवाहरुको प्रतिक्रिया छ । गाउँपालिकाको अनुदान १६ लाख र जनश्रमदान ७४ हजार ५९५ रुपैयाँमा सो पुल निर्माण गरिएको हो ।

निर्माण गरिएको ट्रस पुलबाट त्यस क्षेत्रका करीब २ हजार ५ सय जनसंख्या लाभान्वित हुने भएका छन् । चन्द्र केशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति निर्माण भई पुलको निर्माण सम्पन्न गरिएको थियो । पुल उदघाटन कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, वडा सदस्य योगमाया खनाल, इन्जिनियर सोनु शाह, सब इन्जिनियर प्रकाश कठायत, उपभोक्ता समितिका सचिव टोपेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *