नेपालमा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा  थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र एकजनाको मृत्यु भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको र एकजनाको मृत्यु भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *