नेपालमा कोरोना जितेर निकाे भइ डिस्चार्ज हुने ४ हजार ६५६ पुगे

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबार १३ हजार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । एकसय १७ महिला र ३७५ पुरूष पुगकाे छ । डिस्चार्ज देशभर चारहजार ६५६ डिस्चार्ज भएका छन् ।

यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् । उपत्यकामा १५ सङ्क्रमित काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा एक पुरूष र भक्तपुरमा तीन महिला र एक पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ । मृत्यु असार १४ गते एकजनाकाे मृत्यु भएकाेछ । अछामकाे बयालपाटा अस्पतालमा भएकाे मृत्युपछि लिएकाे स्वाबमा असार १६ गते काेराेना पुष्टि भएकाे छ । १४ हजार ४६ जनामा काेराेना सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *