नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी पाँचाै बैठक बालुवाटारमा शुरु भएर केही सदस्यले बाेलेपछि भाेलि ११ बजे पुनः बस्ने गरी स्थगित भएकाे छ  । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे । बिहान ११ बजेदेखि बैठकको समय निर्धारण भएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला भएको थियाे ।

जारी नेकपाको स्थायी कमिटी बैठकमा मङ्गलबार नेताहरूबीच गम्भीर बहस भएपछि बुधबार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक छलफल भएको थियाे । स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
दुई अध्यक्षबीचको परामर्शपछि बैठक शुरु भएकाले आजको बैठक सौहार्द्रपूर्ण ढङ्गले चल्ने विश्वास गरिएको थियाे । बैठकमा दुवै अध्यक्षको सहभागिता रहेको थियाे ।

पार्टीको बैठक कार्यसूचीमा नेताहरू बोल्ने क्रम जारी रहे पनि मङ्गलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो । पार्टीको आन्तरिक एकता प्रक्रिया र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै नेताहरूले बोल्ने क्रम जारी छ ।
बैठकअघि बुधबार बिहान प्रधानमन्त्रीले केही मन्त्रीहरूसँग पनि परामर्श गर्नुभएको थियो ।

लक्की चौधरी, गाेरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *