बर्दियामा सलह किरा आयो

बर्दियामा पनि सलह किरा देखिएको छ । बर्दियाको गेरुवागाउँपालिका वडा नं. १ मा सहल किरा सोमवार देखिएको गाउँपालिकाले जनाएको छ । गेरुवागाउँपालिकाको वडा नं. १ स्थित बगहीपुर र जनकनगरमा सहल किरा देखिएको वडा अध्यक्ष दयाराम बैद्यले जानकारी गराउनुभयो ।

धानको विउमा देखिएका सलह किरा समातेर मारेको उहाँले बताउनुभयो । एक झेण्ड देखिएका सहल स्थानिले मिलेर मारिरहेको वडा अध्यक्ष बैद्यले बताउनुभयो । यस्तै कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ । स्थानीय रामप्रसाद कठरियाले खेतमा मल छर्न जाँदा सलह किरा देखेको बताउनुभयो । बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *