जानकीमा राष्ट्रिय धान दिवस मनाइयो


बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम गरेको छ । गाउँपालिकाको कृषि शाखाको आयोजनामा सोमबार रोपाई कार्यक्रमा जानकी गाउँपालिका वडा नम्बर ४ स्थित किसानको खेतमा गरिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष भुमीसरा धितालले रोपाइ कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै उपाध्यक्ष धितालले हामी नेपाली सवै कृषि पेशामै आधारित रहेको हुँदा व्यक्ति जो जहाँ भएपनि यसरी धान रोप्ने दिवस सबै भन्दा महत्वपूर्ण भएको बताउनु भयो । उहाँले यो परम्परा नेपालीको सवै भन्दा ठूलो मौलिक पर्व समेत रहेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले यो पर्व किसानका लागि मानो छरी मुरी फलाउने पर्व भएको बताउनु भयो । किसानलाई आफ्नो सबै भन्दा ठूलो खेती धान खेती दहीच्यूरा खाएर आफुमा रहेको आलस्यपना हटाउदै हिलो र मैलोमा काम गर्ने जोस पैदा गर्ने पर्व समेत रहेको बताउनु भयो । रोपाई दिवसका लागि दिवस नभएर मानव जातिको अस्थित्वनै राख्ने अन्नबाली धान भएकोले यो पर्व र किसानलाई पनि सम्मान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं. ६, १, ४ र ३ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय किसान र गाउँपालिकाका सबै शाखामा कार्यरत कर्मचारीको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *