थप ४२६ जना नयाँ कोरोना सङ्क्रमित,सङ्क्रमित संख्या ८२७४ पुग्याे

नेपालमा थप ४२६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमित संख्या ८२७४ पुगेको छ । नयाँ कोरोना सङ्क्रमितमा ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार गुल्मी ९४,बैतडी ६३ ,कैलाली ४९ ,बागलुङ ३२ , सिन्धुपाल्चोक २१ ,कञ्चनपुर २०, डोटी १५,गोरखा ११,सर्लाही ११, झापा १, मोरङ ३, सप्तरी ४ ,अछाम ६, बझाङ ३ ,बाजुरा ८, डडेलधुरा ९ ,धादिङ १ ,कास्की २, काठमाडौं ३, मकवानपुर ८, म्याग्दी १,नवलपरासी पूर्व ४ ,तनहुँ १९ ,पर्वत ५ ,उदयपुर २, सिन्धुली १, चितवन १, बैतडी ५ ,स्याङ्जा ३, कास्की ६, अर्घाखाँची ६ ,कपिलवस्तु ४,नवलपरासी पश्चिम २ र रुपन्देही २ मा कोरोना पुष्टि भएको छ । २१६ जना निको भएर घर फर्किएका छन् ।

योसँगै निको हुनेको संख्या १४०२ पुगेको छ । रेड जोनमा ५०३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published.