बाँकेमा थप १९ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ३१५ पुग्यो

बाँकेमा आज १९  जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परिक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना गरि ४२ जनामा कारोना संक्रमण देखिएको हो ।

भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ५ का तिन जना पुरुष, वडा नं. ९ का एक पुरुष र एक महिला तथा वडा नं. ८ का १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ  । उनिहरु सबै २० देखि ६० वर्ष उमेर समुहका रहेका छन । त्यसैगरी बाँकेकै खजुरा गाँउपालिका १ का २३ र ४० वर्षिय पुरुष तथा खजुरा ६ का ३० वर्षिय पु्रुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । यो सङ्गै बाँकेमा हालसम्म संक्रमित हुनेको संख्या ३ सय १५ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढि नरैनापुर गाँउपालिकामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र २५ बर्षिय एक युवकको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ । त्यसैगरी, जानकी गाउँपालिकामा ४१, नेपालगन्ज उपमहानगरपालिकामा ३८, राप्तीसोनारी गाँउपालिकामा ४७, डुडुवा गाँउपालिकामा २५, बैजनाथ गाँउपालिकामा १४, खजुरा गाँउपालिकामा २७ र कोहलपुर नगरपालिकामा ४ जना कोरोना संक्रमित भेटिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *