एकताबद्ध प्रयासबाटै कोरोनालाई जितिइन्छः सांसद शाक्य

प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले कोरोना विशेष अस्पताल बेलझुण्डीको निरिक्षण गर्नुभएको छ । कोरोना सङ्क्रमितको अवस्था बुझ्न दाङ आउनुभएकी सांसद शाक्यले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र कोरोना विशेष अस्पतालका प्रमुख डा. सर्वेस शर्मासँग छलफल गर्नुभएको छ ।

एकताबद्ध प्रयासबाट मात्रै कोरोना भाइरस बिरुद्ध विजय हासिल गर्न सकिने भन्दै सांसद शाक्यले यसको त्रासबाट नागरिकलाई बचाउनुपर्ने बताउनुभयो । व्यक्तिमा मनोबल बढाउनु र रोग बिरुद्ध लड्ने क्षमताको विकास गराउनु नै कोरोना भाइरसलाई परास्त गर्ने अस्त्र भएको भन्दै सांसद शाक्यले लहरे गुर्जोलगायतका जडिबुटी सेवन गर्न सबैलाई सुझाउनुपर्ने बताउनुभयो ।

कोरोना विशेष अस्पतालमा भर्ना हुने सङ्क्रमितको उपचारमा कुनै कमी आउन नदिन अस्पताल प्रशासनलाई सांसद शाक्यले निर्देशन दिनुभएको थियो । उक्त अवसरमा अस्पतालका प्रमुख डा. सर्वेश शर्माले बिरामीको अवस्था र उपचार पद्दतीका बारेमा जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अस्पतालमा आइपर्ने समस्या समाधानका लागि घोराही र तुलसीपुर उपमहानगरपालिका लागिपरेको जानकारी दिनुभयो । दाङमा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने अनुमानका साथ आफूहरु तयारीमा लागिपरेको उपमहानगरपालिका चौधरीले जानकारी दिनुभयो ।

कोरोना भाइरस बिरुद्धको लडाइमा तुलसीपुर उमहानगरपालिका तीब्र रुपमा लागिपरेको भन्दै उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले हालसम्म गरेका काम र तयारीका बारेमा जानकारी गराउनुभएको थियो । कोरोना विशेष अस्पताल दाङको महत्वपूर्ण उपलब्धी भएको भन्दै उमहानगरपालिका प्रमुख पाण्डेले यो उपलब्धीलाई बचाउन सबै लाग्नुपर्ने बताउनुभयो । अस्पतालमा भर्ना हुने बिरामीहरुको उपचारमा विशेष ध्यान पु¥याउन अस्पताल प्रशासनलाई निर्देशन दिँदै पाण्डेले केही समस्या आइपरेमा समाधानका लागि उपमहानगरपालिका तयार रहेको जानकारी दिनुभयो । उक्त अवसरमा स्वास्थ्यकर्मी दोर्ण ओलीले परिक्षणलाई तीब्र बनाउन अनुरोध गर्नुभएको थियो ।

बिरामी र जनप्रतिनिधिका लागि होमियोप्याथी औषधि
सांसद शाक्यले कोरोना बिरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि होमियोप्याथी औषधि उपलब्ध गराउनुभएको छ । कोरोना विशेष अस्पतालका प्रमुख डा. सर्वेश शर्मालाई रोग बिरुद्ध लड्ने क्षमता बढाउने होमियोप्याथी औषधि हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुका लागि उक्त औषधि उपलब्ध गराइएको थियो ।
त्यस्तै सांसद शाक्यले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई पनि उत्तः औषधि हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *