बाँकेको जानकीमा एकैपटक ४० जनामा कोरोना संक्रमित पुष्टि


बाँके । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिए अनुसार ४० जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ ।
आज कोरोना भाइसर संक्रमित सबै जना जानकी गाउँपालिकाको वडा नं. १ का हुन । संक्रमितहरुलाई क्वारेन्टाइनमानै राखिएको छ । उनीहरु सबै जना कामका लागि भारत गएका थिए । संक्रमितहरुलाई गाउँपालिकाले निर्माण गरिएका क्वारेन्टाइनमा राखिने वडा नं. १ का अध्यक्ष मोहमद रज्जा राईले जानकारी दिनु भयो । संक्रमितहरु १५ वर्ष देखि ३२ वर्ष सम्मका रहेका छन् । जानकीमा कोरोना भाइरस संक्रमण परिक्षणका लागि १ सय १३ जनाको स्वाब संकलन गरिएको थियो । हाल सम्म जानकीमा विभिन्न क्वारेन्टाइनमा २२३ जना भारतबाट आएका नागरिक रहेका छन् । यसै गरी आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ र १५ का एक एक जनामा संक्रमण पुष्टि पुष्टि भएको छ । बाँकेमा आज प्रकाशित जानकारी अनुसार सबै ४२ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *