ईद पर्व मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔंः मुख्यमन्त्री पोखरेल


बाँके । मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देश दिदै नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो भनिएको छ । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएका छन् । ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ सन्देशमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको बताउनु भएको छ । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ । संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रेसित सन्देशमा यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको बताउनु भएको छ । राजनीतिक,प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले कोभिड —१९ को जोखिम न्युनिकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ आवश्यक पर्छ । लडकडाउनको पालना गरी कोरोना विरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय छ । लकडाउनका कारण नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, तर लकडाउनकै कारण कोरोना जोखिम न्युनिकरणमा बल पुगेको उल्लेख गर्नु भएको छ । यो कठीन समयमा कोही नागरिक भोक भोकै बस्न पर्ने अवस्था आउने छैन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ । अब राहत पाउनुपर्ने वर्गलाई श्रमयुक्त रोजगारी दिने गरी काम अघि बढाइएको छ ।
मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा कोरोना विरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । ईद पर्व मनाउँदा पनि सामाजिक दुरी कायम गरी मनाउनु हुन हार्दिक अपील गर्दछु भनिएको छ । कोभिड—१९ नियन्त्रण र उपचारमा चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका योद्धा हुन् । कोभिड —१९ को नियन्त्रण र उपचारमा खटिनुभएका सबै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *