श्रमिक दिवसको अवसरमा, कोरोना विरुद्ध संकल्प गरौंः मुख्यमन्त्री पोखरेल

 

बाँके । मुख्यमन्त्री शंकर पोखरेलले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गर्दै श्रमिक दिवस कोरोना विरुद्ध संघर्षको संकल्प दिवस होस भन्ने धारणा व्यक्त गर्नु भएको छ ।
कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले सबै भन्दा बढी प्रभावित वर्ग श्रमिक नै हो । उहाँले शुभकामना संन्देशमा कोभिड १९का कारण करोडौ श्रमिकहरुको रोजगारी संकटमा परेको बताउनु भएको छ । संकटका बेला श्रमिकले भोग्नु परेका समस्यामा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले यसै दिवसको अवसरमा कोरोना विरुद्ध संघर्ष गर्नका लागि सबैले संकल्प गर्नु पर्ने समेत बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *