समूह बनाइ मर्निङ्ग वाक गर्नेलाई सडकमै पुसअपको सजाय


बाँके । भैरहवामा लकडाउनलाई उल्लङ्घन गर्दै मर्निङ्ग वाक गर्ने व्यक्तिहरुलाई सडकमा नै प्रहरीले पुसअप गर्न लगाएको छ । यो भैरहवा प्रहरीले कारबाही गरेको छ । उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारबाहीमा परेका हुन् । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उहाँले बताउनु भयो । ‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं’ उहाँले भन्नु भयो । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *