कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका काेषमा १३ लाखका सहयोग

नेपाल निर्माण व्यवसायी महासंघले प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका  सहयोग  रकम हस्तान्तरण गरेको छ ।

नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश ५ का अध्यक्ष वलिभद्र रानासहीतको पदाधिकारी टोलिले आइतवार बुटवल पुगेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सो रकम हस्तान्तरण गरेका हुन् । राज्यलाई विपदको वेला सहयोग गर्ने उदेश्यले आफुहरुले निर्माण ब्यवसायिको आन्तरीक कोषवाट सहयोग गरीएको अध्यक्ष रानाले बताए । सो अवसरमा मुख्यमन्त्रि पोखरेलले सहयोग गर्ने प्रदेश निर्माण ब्यवसायि महासंघलाई धन्यवाद दिएका थिए । निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषकोबाट खर्च हुने गरि कोरोना भाइरस कोभिड१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सात वटा प्रदेशलाई जम्मा ९१ लाख सहयोग गर्ने निर्णय भएको थियो । यो सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश महासंघको समन्वयमा भएको थियो ।

साथै यसअघि पनि महासंघले कोरोना भाइरस कोभिड १९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *