जानकीलाई एक लाख सहयोग रकम हस्तान्तरण

बाँके । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनमा दैनिक पेशा व्यवसाय गरेर साँझ विहानको खानाको जोहो गर्नहरुका लागि राहत सहयोग गर्ने जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनु भएको छ ।
लकडाउन अवधिमा दैनिक खानाको समस्या भएकाहरुका लागि सहयोग गर्ने उद्देश्यले मिनबहादुर मल्ल सहितको समूहले प्रदान गरेको राहत रकम ग्रहण गर्दै बुधबार अध्यक्ष यादवले बताउनु भएको हो । मल्लको समूहले संकलन गरेको १ लाख रकम आज व्यवसायी कमल कार्कीले अध्यक्ष यादवलाई हस्तान्तरण गर्नु भएको थियो ।
गाउँपालिका परिसरमा रकम बुझ्दै अध्यक्ष यादवले पहिलो पटक नगद रकम सहित सहयोग गरेकोमा सहयोग गर्नेहरुलाई पालिकाकै तर्फबाट धन्यवाद दिनु भयो । प्राप्त रकम परिणाममा मात्रै हैन जुन उद्देश्यले गाउँपालिकालाई रकम हस्तारण भएको छ सोही अनुसारको काम गर्ने बताउनु भयो । सहयोग रकम हस्तान्तरण गर्र्दै कार्कीले रकम सानो भएपनि हामीले विनास्वार्थ सहयोग गरेका हौं भन्नु भयो । केवल मानवीय हितका लागि गरेको सहयोग गाउँपालिकाले ग्रहण गरेकोमा सहयोगी साथीहरु समेत खुसी हुने बताउनु भयो ।
सहयोग गर्ने मध्येबाट नेकपा बाँकेका कार्यालय टिमका सदस्य समेत रहेका प्रमोद धितालले कुनै बैचारिक आस्थाका आधारमा भन्दा पनि हामी पनि अरु नागरिक सरह आफ्नै जिल्लाबासी विपन्न परिवारका लागि चुलो बाल्न सहयोग गरेको बताउनु भयो । जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्तिले सहयोग रकम साँच्चिकै गरिव, विपन्न र हुँदा खानेका लागि उपयोग हुने विश्वास व्यक्त गर्नु भयो
अभियानका संयोजक मिनबहादुर मल्लले एक दिनमा संकलन गरेको ३ लाख रकम मध्ये यो भन्दा पहिले खजुरा र नरैनापुर गाउँपालिकालाई १ लाखकै दरमा प्रति पालिका सहयोग गरेको बताउनु भयो । कार्यक्रममा पालिका उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री, वडा अध्यक्षहरु सुरेश अहिर, रमेश वर्मा, विश्राम वर्मा, कार्यपालिका सदस्य राजकुमार धोवी सहित स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *