खजुराले घरघरमा स्वयंसेविका परिचालन गर्दै

बाँके । बाँकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि पालिकाका ८ वटैवडाका स्वास्थ्य स्वयंसेबिका घरघरमा पुग्नका लागि परिचालन गर्ने निर्णय गरिने भएको छ । खजुरामा रहेका १ सय ८ जना स्वयंसेबिकालाई बुधबारदेखी परिचालन गर्न लागिएको खजुरा गाउँ पलिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनु भयो ।
स्वयंसेबिकालाइ आजैबाट वडामा पुगेर परामर्श दिनका लागि अनुरोध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनु भयो । घर घरमा पुगेर उनीहरूले विवरण संकलन पनि गर्नेछन् । उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिनु भयो ।
स्वयंसेबिकालाई भारत तथा बिदेशबाट आएका, क्वारेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको स्वास्थ्य अवस्थाबारे विवरण संकलन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *