आज तराईमा होली पर्व मनाउदै

आज तराई क्षेत्रबासीले होली पर्व मनाइदै छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई मार्न अग्निनजिक जाँदा आफै जलेर नष्ट भएकाले असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा फागु पर्व (होली) मनाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको नेपालमा यो पर्वको रौनक मेची–पश्चिम महाकालीसम्म हुन्छ ।

नेपालको पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन र तराईमा भोलिपल्ट होली मनाइन्छ । काठमाडौं, पोखरा, जनकपुर, वीरगन्ज, धरान, चितवन, विराटनगर, धनगढीलगायत ठाउँमा फागु विशेष किसिमले मनाइन्छ ।

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइन्छ ।
रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गराउँदै एकआपसमा अबिर छ्यापेर फागुको शुभारम्भ गरिन्छ । त्यसबेला स्थानीय तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिन्छन् । असत्यमाथि सत्यको विजय हुने मान्यतासाथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पु¥याई दहन गर्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *