सिटी कलेजका विद्यार्थीबीच स्वागत र विदाई कार्यक्रम सम्पन्न


बाँके । नेपालगन्जको प्रख्यात सिटी कलजे अफ म्यानेजम्यान्टका विद्यार्थीलेबीच स्वागत र विदाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न स्थानबाट आएका विद्यार्थीबीच साथित्व र भाईचारको व्यवहारले सो कार्यक्रम आयोजना गरिएको हो ।
यस बर्ष देखि विविएस अध्ययन गर्ने पहिलो बर्षका विद्यार्थीलाई स्वागत गरियो भने चौथो वर्ष अध्ययन गरिसकेका विद्यार्थीलाई विदाई गरेका थिए । सोही कार्यक्रममा एमविएस पहिलो सेमिस्टललाई स्वागत गरिएको थियो भने चौथो सेमिस्टरलाई विदाई गरिएको थियो ।
विदाई तथा स्वागत कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यको कृष्ण श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको थयो । कार्यक्रममा श्रेष्ठले आज युगमा उच्च र स्वच्छ व्यवस्थापकको हरेक क्षेत्रमा खाँचो परेकोले शिक्षा आर्जन गरेका विद्यार्थीले आफ्नो क्षमता पर्दशन गर्नका लागि अनुरोध गर्नु भयो भने नयाँ अध्ययन गर्ने विद्यार्थीले देशकै अब्बल व्यवस्थापक बन्ने गरी शिक्षा आर्जन गर्नु पर्ने बताउनु भयो ।


केन्द्रीय सदस्य श्रेष्ठले अझै पनि व्यापारिक प्रतिष्ठानले सक्षम व्यवस्थापकको अभाव महसुस गरिरहेकोले त्यसको दक्ष जनशक्ति उत्पादनमा सिटी कलेजको महत्वपूर्ण भुमिका रहेको वताउनु भयो ।


कार्यक्रम त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापनक कृष्णकुमार लम्सालले सिटी कलेज राज्यको शिक्षा क्षेत्रमा योगदान गर्ने यस क्षेत्रको नमुना कलेजको रुपमा स्थापित भएको र अझै पनि दक्ष जनशक्ति उत्पादनमा नयाँ युग र आवश्यकताका आधारमा शिक्षण विधिलाई प्रविधिमुक्त बनानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सयौं विद्यार्थीका साथै त्रिविविमा व्यवस्थापन संकाय अध्यापन गराउने प्राध्यापकहरुको पनि उपस्थिति रहेको थियो । स्वागत तथा विदाई कार्यक्रमको अध्यक्षता कौशलकुमार बर्मामाले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *