क्यान इन्फोटेक मेला सुरु

बाँकेको नेपालगन्जमा मंगलबारदेखी क्यान इन्फोटेक मेला आजबाट नेपालगन्जमा सुरु भएको छ । मेलाको उद्घाटन ५ नं. प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले गर्नु भएको हो ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बाँके शाखाको आयोजनामा इन्फोटेकको चौथौं संकरण नेपालगन्जमा संचालन गरीएको हो । फागुन २४ गतेसम्म संचालन गरीने मेलाको उद्घाटन गर्दै घर्तीले विकासकालागि प्रविधिको उच्चतम प्रयोग गरिनुपर्ने बताए । प्रविधिको विकाससागै समाजमा राम्रा र नराम्रा दुबै प्रभाव परेको बताउदै घर्तीले राम्रा पक्षलाई बढावा दिने खालका गतिविधिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

विशेषगरी सामाजिक संजालहरुले पारिवारीक र सामाजिक विखण्डन निम्त्याईरहेको तर्फ ईगित गर्दै घर्तिले भने, ‘बच्चाले मोबाईल बिगार्यो भने बनाउन सजिलो हुन्छ तर मोबाईलले बच्चा बिगार्यो भने सुधार्न धेरै गाह्रो हुन्छ ।’

मेलाको उद्घाटन समारोहमा ड्रोनबाट पुष्पवर्षा गरीएको थियो । मेलाको उद्घाटन समारोहमा क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओली, उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्ण बहादुर श्रेष्ठ, क्यान बाँकेका अध्यक्ष रमणी प्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *