डुडुवामा सरसफाइ अभियान सुरू


बाँके । बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. ५ मा बृहत सरसफाई अभियान संचालन गरिएको छ । पर्यटन वर्ष २०२० को सन्दर्भमा बन तथा बाताबरण संरक्षण गर्न सरसफाईको माध्यमले अभियान संचालन गरिएको हो । पशुपतिनाथ सामुदायिक बन उपभोक्ता समुह, इलाका प्रहरी कार्यालय कम्दीको संयुक्त पहलमा आज आईतबार सरसफाई अभियान संचालन गरिएको हो ।
कम्दी पदमपुरबाट शुरु भएको सरसफाई अभियान छग्रहवा मन्दिर मार्ग, शहिद मावी मार्ग, कम्बर शाह बाबा मार्ग, मिलन चोक मार्ग, पिकनिक स्पार्ट मार्गसम्म सैयौ उपभोक्ताको सहभागितामा सरसफाई गरिएको वन समुहका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार यो सरसफाई अभियानले कम्दी क्षेत्र अन्र्तगतका पर्यटकिय क्षेत्रको प्रचार प्रसार र वन तथा बाताबरणको संरक्षण तथा सम्बद्र्धनमा मद्दत पुग्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
सरसफाई पछि आयोजित सभामा इलाका प्रहरी कार्यालयका इन्चार्ज जंगबहादुर एमसी, राप्ती तटिय सहकारी संस्थाका अध्यक्ष खेमबहादुर बुढाथोकी, लैगिक हिंसा निगरानी समुहका हेमा थाप, फेकोफनका जिल्ला सहजकर्ता रामबहादुुर भण्डारी, बभनपुर्वा सामुदायिक बनउपभोक्ता समुहका अध्यक्ष पुनम बुढाथाकी, युवा परिमल विस्ट लगायतले बोल्नुभएको थियो । अभियानमा करिब डेढ सय स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *