जिल्ला समन्वय समिति बाँकेको सल्लाहकारमा मल्ल नियुक्त

जिल्ला समन्वय समिति बाँकेको सल्लाहकारमा मिनबहादुर मल्ल नियुक्त हुनुभएको छ । उहाँ  स्थानीय तहका जानकार एवम् स्थानीय तहमा करिब दुई दशका अनुभवी पनि हुनुहुन्छ ।

जिल्ला समन्वय समिति बाँकेको माघ २८ गते बसेकाे बैठकले उहाँलाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेकोे हाे । मल्ल यसभन्दा पहिले विभिन्न जिल्लामा स्थानीय शासन विज्ञकाे रूपमा काम गर्नु भएको छ । उहाँ तत्कालीन जिल्ला विकास हुँदै जिल्ला समन्वय समिति बाँकेमा लामो समय काम गरेको अनुभव छ ।

मल्ल स्थानीय तहकाे याेजना निर्माण, कार्यान्वयन र अभिलेखिकरणमा अब्बल क्षमता राख्नु हुन्छ । उहाँ हाल स्थानीय तह संचालन प्रक्रिया  र शुसासनका विषयमा परामर्शदाताका रूपमा काम गर्नुु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *