शहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधिमा मानवी विजयी


बाँके । चन्द्रज्योति क्लव एल गाउँको आयोजनामा संचालित तेस्रो शहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधी मानवी (एफसी) नेपालगन्जले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मानवी (एफसी) र चन्द्रज्योति क्लवबीच निकै प्रतिस्पार्धात्मक खेल भए पनि निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । पेनाल्टीमा मान्वीले ५ गोल र आयोजक चन्द्रज्योतिले ३ गोल गरेका थिए ।

प्रतियोगितामा आयोजक क्लवले दोस्रो स्थान हात पार्न सफल भएको छ । उपाधीसंगै मानवी (एफसी) नेपालगन्जले ४० हजार राशीको पुरस्कार हात पारेको छ । प्रतियोगितामा दोस्रो हुने आयोजक टीमले २० हजार पुरस्कार प्राप्त गरेको क्लवका सल्लाहकार तथा सचेत युवा मञ्चका संयोजक मनप्रकाश रेग्मीले जानकारी दिए ।

सोमवार आयोजित समपान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, विशिष्ट अतिथि पूर्व सिचाई राज्यमन्त्री दलबहादुर सुनार, खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देविलाल खनाल, नेकपाका युवा नेता रत्न खत्रीले विजेता र उपविजेतालाई पुरस्कार ट्रफी तथा प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै उनीहरुले खजुरालाई खेलकुदमा अगाडि बढाउन सबैको एक्यवद्धता रहेको औल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *