बझाङ र उत्तराखण्ड प्रदेशको चमौली केन्द्रबिन्दु बनाएर भुकम्प

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज (शनिबार) विहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ वजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *