विकासमा सबैलाई समान सेवा दिइएको छः अध्यक्ष वर्मा


बाँके । जानकी गाउँपालिका वडा नं. ४ वडा पालिकाले यस आर्थिक वर्षको अर्धबार्षिक कार्यक्रम र बजेट खर्चका विषयमा केन्द्रित रहेर सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
वडा पालिकाको आयोजनामा आयोजित सार्वजनिक सुुनुवाई कार्यक्रममा नागरिकले राखेका चासो र जिज्ञासामा वडा अध्यक्ष विश्राम कुमार बर्माले जवाफ दिनु भएको थियो । नागरिकले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा विषेश केन्द्रित भएर आफ्ना जिज्ञासा राखेका थिए ।
शुसान र पारदर्शिताका लागि नागरिकका लागि दिने सेवा सुविधामा आम नागरिकले त्यसका विषयमा जानकारी दिने मुख्य उद्देश्यका साथ स्थानीय तहले हरेक अर्धबार्षिकमा आफुले दिने सेवा र सेवाग्राहीका विचार र भोगाईका विषयमा सार्वजनिक रुपमा सुनुवाई गर्नु पर्ने नीतिगत व्यवस्था अनुसार वडापालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको अध्यक्ष वर्माले बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, विषयगत कार्यालयका प्रतिनिधि र आम नागरिकको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।
नागरिकले पाउने सेवा सुविधो सुविधा सहज, छिटो र विभेदरहित तरिकाले सेवा दिनका लागि नागरिकका बिचार समेत जान्न बुझ्न र भावि कार्यक्रममा समावेस गर्नका लागि यस प्रकारका कार्यक्रमको आयोजना गर्नु पर्ने अध्यक्ष वर्माको भनाई रहेको छ । सबै नागरिकलाई समान सेवा सुविधा दिनका लागि हरसम्भव प्रयास गरेको र कतै भेग, जात र वर्गका आधारमा विकास नगरी सबैलाई समान तरिका र आवश्यकताका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, वडा नं. ६ का अध्यक्ष सुरेश अहिर, योजना तथा पूर्वाधार शाखा प्रमुख निसार अहमद, नेकपाका गाउँपालिका अध्यक्ष पदम धिताल लगाएतका राजनीतिक दलका प्रतिनिधिहरु समाज सेवीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *