गाउँपालिकाका सबै वडामा माध्यामिक विद्यालय संचालन गर्दैछौंः अध्यक्ष


बाँके । बाँकेको जानकीगाउँपालिकाले पालिका क्षेत्रभित्रका सबै वडामा कक्षा १० सम्म अध्ययनका लागि विद्यालयको स्तरोउन्नती गर्ने देखि विशेष अभियान संचालन गर्ने भएको छ । गाउँपालिका वडा नं. १, ३ र ५ मा हाल सम्म कक्षा ८ सम्म मात्रै विद्यार्थी अध्ययन गर्न पाउने विद्यालय रहेकोमा यस वर्ष देखि तीनै वडामा रहेका एक–एक विद्यालयलाई कक्षा ९ अध्ययन लागि व्यवस्था मिलाउन लागेको हो ।
शिक्षा सबैका लागि र अनिवार्य संविधानको मूल भावना र संवैधानिक व्यवस्था अनुसार यस वर्ष देखि तीनै वडामा कक्षा ९ अध्ययनका लागि शैक्षिक, भौतिक र जनशक्ति व्यवस्था गरी आउदो शैक्षिक शत्रमा कक्षा ९ संचालन गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताउनु भयो ।
गाउँपालिका यी वडाका विद्यार्थी कक्षा ८ सम्म बढ्ने र थप शिक्षा आर्जनका लागि नेपालगन्ज उपमहानगरपालिकाका विद्यालय जानु पर्ने बाध्यता अब अन्त्य हुने अध्यक्ष यादवको भनाई रहेको छ । यस आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पनि वडाका कक्षा ८ संचालन भएका विद्यालयको स्तरोउन्नती गरी अध्ययन अध्यापनका लागि गाउँपालिकाले सहजीकरण गर्ने कार्यक्रम समेत पारित भएको अध्यक्ष यादवको भनाई छ ।
शिक्षा सबैका लागि र अनिवार्य भनिएता पनि हाल सम्म यी तीनवटै वडामा माध्यामिक तहको शिक्षा आर्जन गर्ने भौतिक र शैक्षिक पूर्वाधार नहुँदा विद्यार्थीले माध्यामिक तहको शिक्षा आर्जन गर्न समेत पाएका थिएनन ।
यस वर्ष आधारभूत सम्मको पढाइ हुने विद्यालयलाई माध्यामिक तह सम्मको अध्ययनका लागि स्तरोउन्नती गरिने विद्यालयमा वडा नं. १को आधारभूत विद्यालय शिवपुरी, वडा नं. ३ को आधारभूत विद्यालय बन्जारेगाउँ र वडा नं. ५ को आधारभूत विद्याय गुरुवागाउँ रहने छन् । अन्य वडाहरु वडा नं. २, ४ र ६ मा माध्यामिक विद्यालय संचालनमा रहेका छन् ।
गाउँपालिकाले प्रदेश सरकारले संचालन गरेको जनप्रतिनिधिको एक दिन विद्यालयमा भन्ने नारा पनि कार्यान्वयनका लागि जनप्रतिनिधिहरु विद्यालयमा पुगेर विद्यालय परिवारसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत गाउँपालिकाले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *